राजतन्त्रकाे धङ्धङि र यथार्थ

 - राजन काफ्ले




२०४६ सालमा राजा वीरेन्द्रले दलिय प्रतिवन्ध हटाएर‌ बहुदलिय प्रजातन्त्र घाेषणा गर्दा म ११ बर्षकाे थिएँ। त्यसअघि प्राथमिक तहमा पढ्दा देखिनै हरेक बर्ष राजा, रानी, मुमाबडामहारानी जन्मजयन्ती, पंचायत तथा एकता दिवसजस्ता कम्तिमा आधा दर्जन कार्यक्रम भनेर  ६ किलाेमिटर टाढाकाे निमावीसम्म 'हाम्राे राजा हाम्राे देश, प्राण भन्दा प्याराे छ' भन्दै घाँटी सुकाउँदै नारा लगाउँदै पैदल जाने आउने गर्दा लखतरान परिन्थ्याे। राजाकाे तश्विरमा १० धार्नी माला झुण्ड्याउँथे। उत्तर काेरियाका किम जाेन उन मार्काकाे व्यक्तिपूजा हुन्थ्याे। गाउँमा बिजुली थिएन, टिभी थिएन, टुकि‌/ लालटिनमा पढ्नुपर्थ्याे। रेडियोकाे समाचार बिचसम्म पुग्दा पनि श्री ५ ले यसाे गरिबक्स्याे र उसाेगरिबक्स्याे भनेर सकिन्थेन। मौसुफले के जुनार गरिबक्स्याे समेत दिनदिनै सुन्नुपर्थ्याे। गाउँभरी एकाध घर पक्कि थिए, केहि टिन/खपेटाका छानाका र अधिकांश खरका छानाका घर हुन्थे। एउटा घरमा आगाे लाग्दा लगभग सप्पै टाेल नै सखाप हुनेगर्थ्यो।  दलितहरुले जिटिजेडले बनाएकाे चापाकलकाे पानी पिउन समेत मुश्किल हुन्थ्याे, तिनलाई छाेइयाे भनेर सुनपानी छर्किने चलन थियाे। सेना, पुलिस गाउँ आए जसलाई मन लाग्याे त्यसलाई निर्घात कुटेर हिड्थे। डिएफओ देखि प्रधानपंचसम्मले मनपरि गर्न पाउँथे। वादविवाद, झैझगडा देखि गंभीर अपराधमा गापंस, जमिन्दार र हुनेखानेले जे भन्याे त्यहि निर्णय हुन्थ्याे। कुटपिटबाटै न्यायकाे निराेपण हुन्थ्याे।

स्कुलमा हामी सप्पै जसाे जाँगे र चप्पलमा पढ्न जान्थेम, बा कछाड वाँधेर बुटवल, भैरवा, काठमाडौँ पुगेकाे समेत याद छ। गणित र विज्ञान बाहेक सबै कितावकाे झण्डै एकतिहाई भाग शाहवंशकाे गुणगानले‌ भरिन्थ्याे।  औंलामा गन्नसक्ने मान्छेहरू मात्र पढ्न रूस, बेलायत, अमेरिका गए रे भनेकाे सुन्न पाइन्थ्याे। गाउँमा धेरैसंग नागरिकता थिएन, पासपाेर्ट हुने त कुरै भएन। गाउँले युवाहरु एसएलसी नदिंदै भागेर दिल्ली बम्वे पुग्थे। बाआमा बर्षभरी खेतमा घाेटिंदा खानपुग्ने उब्जनी आउन धौधौ हुन्थ्याे। हाे राजा बस्ने शहर काठमाडौँ अलि‌ सफा र व्यवस्थित थियाे हाेला, काठमाडौँसित साइनाे हुनेहरुकाे जीवन सुकिलाे-मुकिलाे थियाे हाेला। तर रुपन्देहीकाे सुगम गाउँमा हुर्किएकाे मेराे वाल्यकालकाे पंचायती व्यवस्थाकाे अनुभव त यति वाक्कलाग्दाे छ भने दुर्गम पहाड, कर्णाली, महाकालीकाे जीवन कस्ताे थियाे हाेला?
मान्छेहरु त्याे बेलाकाे समय नै त्यस्तै थियाे भन्छन्। याज इफ त्याे ढुंगे युग थियाे। राजा वीरेन्द्रले पढेको इटन स्कुल नजिककाे लंडन शहरका अहिलेका अधिकांश पूर्वाधारहरू १९औं र २०औं शताब्दीकाे शुरुमै  पुरै बनिसकेका थिए। शाहवंशले बिसं ४६ सालसम्म के हेरेर बसे? शाहवंशिय सामन्तवादका अभियन्ताहरू तिनलाई बेलायती राजतन्त्रसंग दाँज्नखाेज्छन। बेलायतमा म्याग्नाकार्टा देखि स्कुल, विश्वविद्यालयहरू, रेल, बिजुली,‌उद्याेग,‌कलकारखाना कहिले आएका थिए, हेक्का छ?  अहिले कमसेकम युराेप, अमेरिकामा आउने साधन र प्रविधि थाेर बहुत नै सहि केहि महिना मै नेपाल त पुग्छ। पंचायतकालमा नारायणहिटी पुगेकाे कुन चै कुरा काठमाडौं बाहिरकाले उपभाेग गर्न पाएका थिए?

यतिबेला मेराे गाउँका बाेटे, सार्की, र थारु दौंतरीहरु पक्की घर बनाएर, बिजुली बत्ति बालेर, आफ्नै धाराकाे पानी खाएर, बाेर्डिङमा छाेराछाेरी पढाएर बसेका छन्। उनिहरुलाई छुवाछुत गर्ने हिम्मत कसैले गराेस त अहिले! याे समयकाे परिवर्तनकाे उपजमात्र हैन लाेकतन्त्र र खुल्ला समाजले दिएकाे स्वतन्त्रता,‌समानता, चेतना र आत्मसम्मानकाे अवसरकाेे परिणाम पनि हाे। हाे धेरैजसाे नेताहरू असक्षम, पदलाेलुप र भ्रष्ट निस्किए। तर आम जनताले स्वतन्त्रताकाे फाइदा उठाएर जीवन उकास्न त पाएका छन्।  बहुदलिय नेताहरूलाई चाेर , गद्दार, देशबेचुवा भनेर गाली गर्दा काेहि जेल जानु त पर्दैन, स्कुलका विद्यार्थीले तिनकाे स्तुति गान गाउँदै लखतरान पर्नु त पर्दैन। सबैलाई बाेल्न, विराेध गर्न, पार्टी खाेल्न, चुनाव जित्न छुट छ।‌ जितेर सुशासन र विकास नीति कार्यन्वयन गर्न पाउने अवसर छ। व्यवस्था र परिपाटीकाे मानक स्थापित भैसकेका छन् र केहि सक्षमहरूले गरेर देखाएका पनि छन्। नेतृत्वमा जान चाहने सबैलाई गरेर देखाउन पाउने अवसर छँदैछ। अनि किन चाहियाे फेरी एउटा व्यक्तिकाे हुकुम, परमादेशमा चल्नुपर्ने वंशवादी राजतन्त्र? हाेला, तत्कालिन दरबारबाट पाेसिएका केहि दर्जन ठालु र तिनका आसेपासेहरू सामान्य जनताकाे ठूलाे हिस्साकाे जीवनस्तर उनिहरूकै हैसियतमा पुगेकामा खिन्न हाेलान्। दरबारले फेरी पुरानै शान र रजगज पुनर्स्थापित गराइदेला भन्ने मनगढन्त आशाकाे त्यान्द्राे चुँडिरहँदा छटपटी हुनेनै भयाे। 

तर हामी जस्ता सामान्य जनताका छाेराछाेरीका लागि दाग सहितकाे सहि यहि लाेकतन्त्र‌नै जाति छ। अहिलेकाे निराशाकाबिच जतिसुकै चलाखीपूर्वक राजतन्त्रकाे‌ वकालत गरिएपनि यथार्थ के हाे भने समग्र नेपालीहरुकाे जीवन ४६ सालअघि अझ धेरै कष्टकर थियाे। चरम असमानता र गरिवी थियाे।‌ राजेश हमालले भनेकाे कुरा यथार्थ हाे।  युट्युवमा गएर २०औं शताब्दिकाे आर्थिक वृद्धिकाे डेटाग्राफ हेर्नमात्र पर्छ, महेन्द्र देखी वीरेन्द्रसम्म आइपुग्दा नेपाल सँधै संसारकाे पूछारमा,  गरिबतम ३ भित्र परेकाेपर्यै थियाे। बरू ४६ सालपछि आर्थिक वृद्धिमा ह्वात्तै सुधार आएकाे देखिन्छ। पंचायतकाल व्यहाेरेका हामी र म अघिकाे पुस्ताले नेपाल त्यसबेला अहिलेभन्दा गतिलाे थियाे भन्ने झूठाे न्यारेटिभलाई स्विकार गर्ने कुरै छैन। विदेश भ्रमणमा प्रचण्डले भन्दा वीरेन्द्रले  बढि सम्मान पाएकाथिए भन्दैमा आम जनता राजतन्त्रकाे‌ प्रेत जगाउन तयार‌ हुने सपना नदेखे हुन्छ। यथार्थमा राजतन्त्र अब इतिहास र संग्राहलयमा मात्र सुरक्षित छ।


(सन् २००५ काे फेब्रुअरी १ मा राजा ज्ञानेन्द्रले निर्वाचित सरकार अपदस्थ गरि नेपालकाे सार्वभौमसत्ता आफ्नाे नियन्त्रणमा हत्याउँदा याे लेखक बिबिसी नेपाली सेवाकाे लंडन स्टुडियोमा कार्यरत थियाे। उक्त दिनकाे बिबिसी नेपाली सेवाकाे कार्यक्रमकाे रेकर्ड सुन्न यहाँ  क्लिक गर्नुस )










पत्रकारिता, मिडिया र रवि लामिछानेकाे राजनीति

- राजन काफ्ले

लेख अडियाेमा सुन्नाेस

इन्टरनेटकाे विकास र‌ विस्तारसंगै छापा‌ माध्यामकाे पत्रकारिता केहि दशक भित्रै लाेप हुने भविष्यवाणि २० औं शताव्दीकाे अन्तिम तिरै गरिएकाे थियाे। डिजिटल मिडियाकाे मारमा परेर पछिल्लाे २० बर्षमा दशाैं हजार पत्रपत्रिकाहरू बन्द भएका छन्। इन्टरनेट फैलिनुअघि दशाै लाख प्रति बिक्री हुने कतिपय अखबारहरू अहिले लाख प्रति पनि बिक्री हुन गाह्राे हुन्छ। पश्चिममा धेरै नाम चलेका अखबारहरू बन्द भैसकेका छन् ; कतिपय नाम बजारमा देखिन मात्रै थाेरै संख्यामा छापिन थालेका छन भने अरू धेरै छापा बन्द गरेर अनलाईन मात्रै चल्न थालेका छन्। छापिएका अखबारले पनि डिजिटल‌ बिस्तारलाई प्राथमिकता दिएका छन् किनभने छपाई एकदम‌‌ महंगाे‌ छ, छापाबाट ग्राहकसम्म ढुवानी खर्चकाे छुट्टै‌ भार‌‌ छ, अनि त्यति गर्दा पनि पत्रिका किनेर पढिदिने ग्राहक पाउन मुश्किल छ। प्राय सबै पत्रपत्रिकाका लेख/समाचारहरू इन्टरनेटमा पाइन्छ। उनिहरुका वेवसाइटमा नगैकन गुगल न्युज, फ्लिपबाेर्ड जस्ता एग्रिगेटर अथवा टि्वटर,‌फेसबुक जस्ता सामाजिक संजालबाट छिनछिनमा अपडेट हुने समाचार र लेखहरू हातैकाे माेबाइल/ ट्याबलेटमा आउने भएपछि पैसा तिरेर फराकिला अखबारमा किचिरा अक्षर पढ्ने उत्साह कसलाई आओस? त्यसमाथी अचेल त पत्रिका पढिदिने अडियाे याप र पडकाष्ट पनि पाइन्छ। पत्रिका‌ पढ्ने पुस्ता बुढाे‌ हुँदै गएपछि माेबाइल फाेन खेलाएर हुर्केकाे नयाँ पुस्ताले अखबार पढ्देला भन्ने‌ साेंच्नु त आकाशका‌े‌ फल आँखा तरी मर भनेजस्तै हाे। निचाेड के हाे भने छापा अखबारहरू ढिलाेचाँडाे लाेपहुने पक्कापक्की छ। 

पछिल्ला दशकमा प्रिन्ट मिडियाका मालिकहरू छापा पत्रकारिताकाे आयु‌ जतिसक्दाे लम्ब्याउन र आम्दानीकाे स्राेतलाई अखबारमा छापिने बिज्ञापनबाट भन्दा पनि अरु तरिकाले बढाउन लालायित भएका छन्।‌ एक त अखबार चलाईराख्न लाग्ने खर्च ठूलाे‌ हुन्छ, त्यसमाथी समाचार बटुल्ने पत्रकारहरू र लेख, कार्टुन, फाेटाेका कन्ट्रब्युटरहरूलाई तलव, भत्ता, पारिश्रमिक दिनैपर्‍यो। बढ्दाे खर्च कटाएर‌ लगानीकाे प्रतिफल प्राप्त गर्न विज्ञापनले‌ मात्र नपुगेपछि उनीहरूले पत्रिकासंगै अरू सामान/सेवा/सुविधाकाे प्याकेज बेचेर नाफा बढाउने, अनि आफुसंग रहेकाे पुँजी, ब्रान्डभ्यालुबाट जम्मा गरिएकाे अतिरिक्त काेष अन्य व्यवसायमा लगानी गर्न थालेका छन्। यसले गर्दा उनिहरूकाे स्वार्थ स्वतन्त्र पत्रकारिताकाे दायराबाट फाटेर कम्तिमा खर्च चलाउने र सकेसम्म नाफा कमाउने तर्फ अग्रसर भएकाे छ। घाटा बेहाेरेर केहि बर्षमा बन्द हुने कि आफ्नाे नाम र अस्तित्वलाई जाेगाई राख्न स्वतन्त्र पत्रकारितामा कति हदसम्म कम्प्राेमाइज गर्ने भन्ने यक्षप्रश्न उनीहरूकाे अहिलेकाे सबभन्दा ठूलाे‌ चुनाैति हाे। मर्नु‌ भन्दा बहुलाउन निकाे भनेझै अस्तित्व बचाइ राख्न पेशागत धर्ममा सानाेतिनाे कम्प्राेमाइज गर्नु अहिलेका पत्रकार/प्रकाशकहरूकाे रहर नभएर वाध्यता पनि हाे। पत्रकारहरूलाई औंला ठड्याउन सजिलाे हुन्छ तर हामी मध्ये धेरैले आफ्नाे काम/कार्यक्षेत्रमा नचाहेका एकाध कुरा गरेकै हुन्छाै- किनभने निष्ठा र नैतिकता भन्दा माथी जिविकाकाे सवाल हुनु सबैकाे यथार्थ हाे। धेरै नाम चलेका प्रकाशनगृह, अखबारका मालिकहरूले अस्तित्व बचाउनकै लागि या त स्वार्थ बाझिने ब्यवसायमा लगानी गरेका हुनसक्छन या कहिलेकाहिं अन्य ठूला ब्यापार व्यवसायीहरू, पहुँचवाला व्यक्तिहरू, धनाढ्यहरू,‌राजनीतिज्ञहरूकाे पक्ष/विपक्षमा लेख्न लगाइरहेका हुनसक्छन्। त्यसमाथी पत्रकारिता बाहिर जुन ब्यवसायमा लगानी भएपनि आफ्नाे मिडियालाई सम्पादकीय स्वतन्त्रता दिने प्रकाशकहरूलाई औंला ठड्याउन मिल्दैन। पेशा नै कहिलेसम्म टिक्ने हाे ठेगान नभएका पत्रकारहरूले पनि परिवार पाल्नका लागि स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ समाचार लेख्नुपर्ने धर्मलाई कहिलेकाहिं वेवास्ता गरेहाेलान भन्नु असत्य नहाेला।‌ एकतर्फी बढाइचढाइ वा तिव्र विराेधले भरिएका समाचार/लेख पढ्दा कुनै सामान्य पाठकले पनि यस्ता स्वार्थकाे गन्ध थाह पाइहाल्छ। 

इंग्ल्याण्डबाट‌ छापिने विश्वविख्यात गार्डियन समाचारपत्र नाफामुखी भएर पत्रकारिताकाे धर्म निभाउन नसक्ला भनि सन् २००८ बाट ट्रस्ट खाेलेर त्यसकाे स्वामित्वमा चलाउन थालिएकाे थियाे। झण्डै २० बर्षदेखि लगातार जसाे घाटामा चलिरहेकाे गार्डियनकाे संचालक स्कट ट्रस्टले समेत अखबारलाई जाेगाउन नाफामुखी ब्यापार ब्यवसायमा लगानी गर्ने एउटा भेन्चर क्यापिटलमा उल्लेख्य हिस्सा लिएकाे छ। नाफाका लागि मिडिया चलाउने ब्यापारीहरूले त झन पत्रकारिता बाहिर लगानीका हांगाविंगा फैलाउनु नाैलाे कुरै भएन। त्यति मात्रै हैन पत्रिकाहरूले विभिन्न राजनीतक धार लिएर आफ्ना पक्षकाे गुणगान गाउने र‌ विपक्षकाे हुर्मत लिने चलन बेलायतमा मात्रै सय बर्ष कटिसकेकाे छ। राेदरमेर परिवारकाे‌ स्वामित्व रहेकाे डेली मेलले दाेस्राे विश्वयुद्धकाे शुरूवातमा जर्मन नाजीहरूकाे समर्थन गरेकाे थियाे। दक्षिणपन्थी कन्सरभेटिभ दलकाे आँखा चिम्लेर भक्ति गाउने उक्त पत्रिकाले राजकुमार ह्यारीकाे बिहेपछि उनकी मिश्रित रंगकी श्रीमती मेगनकाे हुनसम्म खेदाे खनिरहेकाे छ। रुपर्ट मर्डकका मिडियाहरूले‌ अमेरिकाकाे समाजकाे ठूलाे हिस्सालाई उग्रदक्षिणपन्थी बनाइदिएकाे डाेनाल्ड ट्रम्पहरूकाे‌ सफलताले प्रमाणित गरिदिएकाे छ। त्यसैले प्रेस धेरै बलियाे भयाे र देशकाे राजनीतिमा आवश्यकता भन्दा बढि हावी भयाे भन्ने आराेपमा केहि सत्यता भएपनि नेपाल मात्र यस्ताे अपवाद हाेइन। संसारभरीकाे चलन यस्तै‌ छ, बरू कम्युनिष्ट चिन, पुँजिवादी अमेरिका र यहिं छिमेककाे भारत भन्दा हाम्राे छापा संचार अलि स्वतन्त्र र सन्तुलित भएकाे उदाहरण प्रसस्त भेट्न सकिन्छ। 

नेपालमा हालै नयाँ राजनीतिज्ञ बनेका‌ पूर्व संचारकर्मी रवि लामिछानेले‌ कान्तिपुर लगायतका ठूला‌ संचार गृहमाथी आक्रामक विराेध बर्षाएपछि उनकाे भनाईकाे पक्ष/विपक्षमा अनेक टिका टिप्पणीहरु भैरहेका छन्। राजनीति शुरु गरेकाे केहि महिनामै टेलिभिजनकर्मी रवि लामिछाने धेरैलाई चकित पार्दै निर्वाचित सांसद र गृहमन्त्री बने अनि त्यसकाे महिना दिन कटेपछि दुवै पद गुमाउनुपर्‍यो। अमेरिकी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयाेग गरेकाे अभियाेगमा सर्वाेच्च अदालतले उनकाे सांसद र गृहमन्त्री पद खाेसिदियाे। २ दिनपछि काठमाण्डौ जिल्ला कार्यलय गएर प्रकृया बमाेजिम नेपाली नागरिकता पुनः प्राप्त नगर्दासम्म अनागरिक भएकाे दावी उनकाे थियाे। प्राविधिक रूपमा उनी दुई दिन राज्यविहिन भएकाे साँचाे हाे - जुन मानवअधिकारकाे सर्वमान्य सिद्धान्तसंग पनि मेल नखाने कुरा हाे। लगत्तै नेपाली मिडिया र सामाजिक संजालमा अमेरिकी नागरिक भएकै बेला रविले गैरकानूनी रूपमा नयाँ नेपाली पासपाेर्ट बनाएकाे समाचारलाई उछालेर प्रचारप्रसार गरियाे। उनका‌‌ विरूद्ध फेरी मुद्दा लाग्ने, जेल जाने, आजिवन चुनाव लड्न नपाउने‌‌सम्मका सबै अड्कलबाजी गर्न मूलधारमा स्थापित प्रेस र निश्चित राजनीतिक झुकाव राख्ने बुद्धिजिवीहरू खनिएर लागेजस्ताे देखियाे। संगसंगै प्रधानमन्त्री प्रचण्डले रविकाे रास्वपा पार्टीकाे भागमा दिइएकाे गृहमन्त्री पद उनलाई वा उनकाे पार्टीलाई नदिने अड्डी कसे। यसरी चारैतिरबाट घेरामा पारिएका रविले आफु गृह मन्त्रालयमा फर्किने गुन्जायश नदेखेपछि आफ्नाे पार्टीलाई नै सरकारबाट हटाए- उनका ३ मन्त्रीहरूले पनि केहि काम गर्न नपाउँदै मन्त्रालयबाट बाहिरिनुपर्‍यो। त्यतिमात्र हैन लगत्तै पत्रकार सम्मेलन गरेर उनले‌ नेपालका मूलधारका छापाहरूमाथी गम्भीर आराेपहरू लगाउँदै समर्थकहरूकाे भिड प्रयाेग गरेर हस्तक्षेप गर्ने धम्की समेत दिए। पूर्व अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे शैलि दाेहाेर्‍याउँदै उनले नेपाली प्रेश जनताकाे दुश्मन भएकाे आराेप लगाए। रविकाे पत्रकार सम्मेलनपछि‌ उनका समर्थकहरू सामाजिक संजालमा उनले आक्रामक विराेध जनाएका प्रकाशक/सम्पादक र समग्र पत्रकारिता माथी नै अश्लील गाली गलाैजमा उत्रिएका छन्। उनिहरूले दशकाैदेखी पत्रकारिता गरेका सम्मानित कलमजिवीमाथी पनि अन्धाधुन्ध गाली र आराेपका फाेहाेरा बर्षाइरहेका छन्। रविकाे असहिष्णु शैलीले निराश मानिसहरू‌ र उनका समर्थकहरूबीच चलेकाे जुहारीले स्वस्थ्य छलफल र आदानप्रदानका सिमावन्धन नाघेका छन् र समाज विपरित अतिवादी धारमा ध्रुविकरण भैरहेकाे स्पष्ट संकेत दिएका छन्।

रविकाे आक्राेश मूख्यत: देशकाे सबभन्दा ठूलो मिडिया हाउस कान्तिपुरमाथी केन्द्रित थियाे। उनले त्यसका प्रकाशक र उनका छाेरामाथी एउटा गम्भीर सवारी दूर्घटनालाई कान्तिपुरकाे पहुँचकाे‌ बलमा लुकाएकाे देखी ब्यापारीहरूलाई धम्क्याएर व्यवसायहरुमा हिस्सा खाेसेकाेसम्म आराेप लगाएका छन्। आफुमाथीका आराेपहरूकाे दुबैजनाले सभ्य भाषामा खण्डन‌ गरेपनि विवरणहरूकाे भरपर्दाे खुलासा गरिएकाे छैन, न त रवि समर्थकहरूले जथाभावी गाली गर्न नै छाडेका छन। नेपालमा पत्रकारितालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने कान्तिपुर, हिमाल मिडिया देखी नयाँ खुलेका अनलाईन मिडियाका संचालक र पत्रकारहरू उनिहरूकाे घृणाकाे‌ ताराे बनेका छन्। यि आराेपहरूकाे सत्यता पत्ता लगाउने र यथार्थ रिपाेर्टिङ् गर्ने जिम्मेवारी त्यतिबेलै आफ्नै पत्रकारलाई दिएकाे भए उनीहरूकाे साख‌ र विश्वसनियता उँचाे हुन्थ्याे र आराेप लगाउनेहरूकाे मुख टालिन्थ्याे। सामाजीक संजालमा नेपालकाे लाेकतान्त्रिक आन्दाेलन, माओवादी जनयुद्ध, राजनीतिक भ्रष्टाचार, जनताका चासाेका हजाराैं विषयमा सशक्त कलम चलाएका अग्रज पत्रकारहरूलाई निकृष्ट ढंगले गालि गर्नेहरूकाे बाेलबाला छ। जनतालाई सुसुचित गर्ने र नागरिक अधिकारकाे चेतना जगाउन अहं भूमिका खेल्ने पत्रकारहरूमाथी‌ खुल्लेआम धम्कि दिन थालिएकाे छ। देशमा सुशासन कायम गर्छु भनेर नयाँ राजनीतिक दल खाेलेका‌ महत्वाकांक्षी नेताका हजाराैं समर्थकहरूले देशकाे दैनिकी अनि सरकार र प्रशासन यन्त्रकाे काम कारवाही विधिसम्मत भए नभएकाे सत्यतथ्य जनतामा पुर्‍याउने जिम्मेवारी लिएका पत्रकारलाई शत्रुवत‌ व्यवहार गर्नु दुखद छ। यस्ताे परिस्थिति निर्माण गर्ने रवि लामिछानेकाे आक्रामक भूमिकाकाे वाहवाही गर्नु गैरजिम्मेवार मात्र हैन प्रत्युत्पादक हुन्छ। प्रतिशाेधबाट प्रेरित राजनीतिले न त रवि र‌ उनकाे पार्टीलाई फाइदा पुग्छ न त देशलाई। जुन समाजकाे‌ सुधार गर्ने भनेर राजनीति शुरु गरेकाे हाे त्यहि समाजकाे संचार अनि‌ बाैद्धिक क्षेत्रलाई एक्ल्याएर गरिने राजनीति सफल हुनै सक्तैन।‌ हाम्राे विकासाेन्मुख समाजले उग्रपन्थी राजनीतिक ध्रुविकरण थेग्न सक्तैन। शालिन हुनुपर्ने वहशहरू हिंसात्मक हुन थाले समाज हिंस्रक हुनजान्छ। भाेली भिडले भड्काएकाे स्थिति सम्हाल्न नसकिने भयाे‌भने नियन्त्रण गर्ने जिम्मा कसले लिने?

संगसंगै माथी उल्लेखित चुनाैतिहरूबाट गुज्रिएकाे प्रेस जगतले पनि आफ्नाे मूलधर्म निभाउनैपर्छ।‌ अनैतिक र गैरकानूनी स्राेतहरुबाट आर्जित रकमले संचार चलाउने, पूर्वाग्रही समाचार छापिराख्ने,‌ आफ्नाे पहुँच र शक्तिकाे आडमा‌ राज्यका निकायहरुमा हस्तक्षेप गर्ने काम भैरहेकाे आराेपलाई धेरैले पत्याउन थालेभने समग्र संचार क्षेत्रप्रति वितृष्णा फैलिन्छ। मानिसहरू सामाजिक संजाल मार्फत भ्रामक तथा झुठा सूचना प्रवाह गर्ने अयाेग्य र अनिधिकृत समूहका संचार सामाग्री पढेर वा हेरेर झुक्किन थाल्छन् र सराेकारका मुद्दाहरूमा गलत अवधारणा प्रभावशाली हुन जान्छन्। दुई दशक अघि याे पंक्तिकार पनि नेपाली पत्रकारितामा संलग्न थियाे। त्यसैले हाेला पत्रकारिताकाे खस्दाे स्तर र यसप्रति बढ्दाे अविश्वासले आफ्नै चित्त दुखेेकाे। लगतै बेलायत आएर बिबिसीकाे जागिरेकाे रूपमा केहि बर्ष पश्चिमा‌ पत्रकारितालाई नजिकबाट निया‌ल्न पाइयाे। बिबिसीकाे समाचार लेखन निर्देशिकामा हरेक समाचारमा त्यसमा उठान गरिएकाे विषयकाे पक्ष र विपक्ष दुवै आवाज समेट्नु‌ अनिवार्य हुन्छ भनिएकाे छ। त्यति हुँदाहुँदै पनि बिबिसीलाई पूर्वाग्रही भएकाे आराेप लागिरहन्छ- सत्तामा रहेका र नरहेका विभिन्न शक्तिकेन्द्रहरूबाट। पूर्णतया जनताकाे करबाट चल्ने विश्वविख्यात बिबिसी संस्था माथी त पूर्वाग्रहकाे आराेप लाग्छ भने प्रविधि ले पेलिरहेकाे समयमा पारिवारिक लगानीले चलेका‌ नेपाली‌ अखबारमाथी पूर्वाग्रहकाे आराेप लगाइनु अस्वाभाविक भएन। तर मैले कान्तिपुरमा ३ बर्ष काम गर्दा समाचार सम्पादनमा मालिकहरूकाे हस्तक्षेप कहिल्यै देखिन। सन् २००२ तिर हुनुपर्छ तत्कालिन कान्तिपुरका सम्पादक/प्रकाशकहरूलाई अख्तियारले गिरफ्तार गरेकाे समाचारलाई तुरून्त हेडलाइन बनाएर सबभन्दा पहिला रेडियोबाट फुक्ने मै थिएँ। तर त्यसका लागि मैले कुनै स्पष्टीकरण दिनुपरेन न त कान्तिपुर रेडियाकाे जागिर नै खाेसियाे। मेराे सिमित अनुभव र ठम्याइ अनुसार नेपालकाे समाचार रिपाेर्टिङ्मा सबैभन्दा उत्कृष्ट काम गर्नेहरू मध्येका हरिबहादुर थापा, सुधिर शर्मा लगायतकाे‌‌ पत्रकारिता रविले औंला ठड्याएका दुई संस्था कान्तिपुर, हिमाल खबरपत्रिकाबाट खारिएकाे हाे। त्यसाे भन्दैमा यिनिहरूबाट गल्ति नै हुँदैन भनेर बचाउ गर्ने पक्षमा छैन किनभने अहिलेकाे समय र परिस्थिति त्यसबेला भन्दा भिन्नै हुनसक्छ। रविकाे अभुतपूर्व राजनीतिक आराेहणबाट केहि संचारकर्मीमा ईर्ष्या जागेकाे नहाेला भन्न पनि सकिन्न। तर कमजाेरी किटानी गरेर सुधार्न दवाव दिनु न्यायाेचित हाे, अनर्गल आराेप लाउँदै भिंडद्वारा न्याय दिन्छु भन्नु आपत्तिजनक कुतर्क हाे।  

रविकाे सुशासनकाे नाराबाट धेरै नेपालीहरू उत्साही भएकाे गत आम निर्वाचनमा उनकाे पार्टीले पाएकाे मतबाट प्रष्ट हुन्छ। संगसंगै उनले नागरिकता कानून उल्लंघन गरेकाे पुष्टि भैसकेकाे छ भने गलत तरिकाबाट नेपाली पासपाेर्ट लिएकाे पनि आफै स्विकारिसकेका छन्। त्यसैले प्रचलित कानूनले ताेकेकाे सजायँ बेहाेरेर सबै अभियाेगहरूबाट सफाई पाएपछि मात्र राजनीतिमा फर्कनुकाे विकल्प उनीसंग छैन। भावनात्मक कमजाेरी र केटाकेटीपन त्याे दिनकाे पत्रकार सम्मेलनमा छताछुल्ल भएपछि उनकाे राजनीतिक कद हाेचाे भएकाे पनि ठानिएकाे छ। यद्यपी मूलधारका दलहरुकाे ज्यादतिले आक्रान्त मतदाता सामु नयाँ नारा लिएर उदाएकाे दल र नेतृत्वलाई जनमतका वावजुद राजनीतिमा फर्किन प्रतिवन्धित गर्न खाेजियाे भने नेपालकाे लाेकतन्त्र कमजाेर हुन्छ। रविकाे राजनीतिक जीवन एकपछि अर्काे विवाद सृजना गरेर मास्न खाेजियाे भनेपनि उनकाे पक्षमा रहेकाे समाजकाे आक्राेशित वर्ग उद्वेलित हुने खतरा हुन्छ। त्यसैले‌ रविकाे अराजनीतिक वक्तव्यबाजीले पीडित प्रकाशक, पत्रकारहरूले आफ्नाे पेशागत धर्म निभाएर उनलाई उचित स्थान दिनैपर्छ। उनका गल्तिलाई‌मात्र केलाउने हैन,‌ कानून‌ उल्लंघनमा राज्यबाट भएका कमजाेरी औंल्याएर दुरुपयाेग भएका राज्यसंयन्त्रका‌‌ भ्वाङहरू टाल्न कृयाशिल हुनुपर्छ। संविधान, कानून र कानून कार्यान्वयन गर्ने संयन्त्रमा भएका अस्पष्टताहरू केलाएर, विवादित विषयहरू फेरी नउठ्ने गरि निराेपण गर्न संसद र राज्यलाई दवाव दिनुपर्छ। लाेकतन्त्रमा राजनीतिज्ञका‌ वास्तविक न्यायाधीश मतदाताहरू नै हुन्। रविले अहिले प्रकट गरेकाे अराजनीतिक चरित्रकाे पैरवी र फैसला मतदाताबाटै‌ होओस। नेपाली प्रेससंग रवि लामिछानेले छेंडेकाे लडाईमा युद्धविराम हाेस र यसमा रविकाे राजनीतिभन्दा धेरै परिपक्व नेपाली संचार जगतले पहिलाे पाइला चालाेस। पत्रकारिताले कसैसंग पूर्वाग्रह नराखी स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरेर प्रेसकाे आयु बढाउँदै लगाेस। किनभने देशकाे लागि शसक्त र विश्वसनिय प्रेस कुनै व्यक्तिको राजनीतिक महत्वाकांक्षाभन्दा महत्वपूर्ण हुन्छ। नेपाली प्रेसले निर्भिक र निष्पक्ष पत्रकारिताबाटै भिडतन्त्रलाई परास्त गर्नसक्छ। प्रेससंग सम्वन्ध नसुधारी रविकाे राजनीतिपनि उँभाे लाग्नेवाला छैन।



10 days of noble silence: My experience with the Vipassana Meditation camp in Blue Ridge, Virginia

You couldn't ask for a more ideal location than Camp Jaycee, Virginia for a long meditation course. Nestled in the Blue Ridge mountains of Virginia, it is truly remote if you don't live locally or don't have a vehicle of your own.The closest airport or a train station is in Raonoke, 15 miles from the camp. The airfare is quite expensive even from nearby cities like New York or Washington DC and the Amtrak train service is no cheaper. You get to Raonoke, and there's another 15 miles you have to deal with - a five hour journey if walking is your only choice! A secluded, unadulterated location for a 10 day soul-searching exercise, but almost inaccessible if you have to rely on public transport.

Camp Jaycee, Blue Ridge VA
There was no way that a nomad like me would make it to Blue Ridge on my own. My brother couldn't miss his work on a Wednesday, and everybody else had the same commitment (If it was in England, people could call sick at work in a heartbeat. This is one of the reasons why I am not very fond of America). The cost of the airfare or the train tickets was too much for the 10 day retreat I was supposed to enjoy for free, and hence the option out of question. So I was very close to cancelling my place for the course. However, where there is a will, there is a way. I had put up my name on the rideshare board maintained by the organizers. Rideshare board is where people who need a ride to a vipassana camp can register their name and fellow meditators who plan to drive can offer them a ride. And presto! I got an email from my savior. A gem of a a guy called Sanjeeb- a student of Economics at the University of Maryland, who had done the course once before.

I was very happy that I didn't have to cancel something I so dearly wanted to experience. I packed my bag with clothes, pillow, bedsheets and toiletries, and headed to the train station where Sanjeeb agreed to pick me. Sanjeeb was, as Americans would call him, awesome! He looked newer than his Toyota Corolla. A young man funding his study with his own means had his car on the bottom of his priority pyramid. But the Corolla took me by surprise- it was like an epic book with torn covers. It ran as smoothly as butter, even in some mountain stretches that resembled the Daaunne Ko Ukalo in Nepal.

So after a 5 hour journey with a lot of chitter-chatter and a  veggie lunch break in between, we got to Camp Jaycee.The lunch was unforgettable. For $3.99 each, it was the cheapest Chinese buffet I had ever had in my life. And boy, it was not bad! At 5 o'clock in the evening, we had reached the camp. The registration was completed, our mobile phones and valuables were handed over. We had a light evening meal with fellow students and we were introduced to our assistant teacher (late SN Goenka who structured the Vipassana course and spread it outside Burma is regarded as the teacher, and those who instruct students in a meditation camp are his assistants) and managers. We were briefed about the course and the dos and donts. For the next 10 days all men would be separated from female students, we would not cross our boundaries, never speak to anyone, and observe the five precepts of Budhha's teachings: I will refrain from telling lies, stealing, killing, having sex and taking intoxicants (alcohol and drug). There were 3 more precepts for old students (who had undertaken a course earlier). You would only get limited amount of vegetarian food during the course period.

Facilities at Blue Ridge

Most of the Vipassana camps across the world are permanent facilities owned by the Dhamma organizations. Majority of them have state of the art meditation, resting and dining facilities. The Camp Jaycee at Blue Ridge, however, is a rented property and has a number of limitations. The Mid Atlantic Vipassana Association (MAVA) rents the property to organize meditation camp once or twice a year.

There were a meditation hall, a dining hall partitioned into two for men and women, about a dozen bungalows, toilet facilities and a car park. Each bungalows had about a dozen beds spread left and right of a passage in the middle, and a couple of toilets and showers to share with fellow boarders. An adjoining cabin had sitting facilities, where you could relax and enjoy the jungle outside. Having to wake up at 4 with the chiming bells, and being allowed to take rest only after 9 in the evening when the last meditation ends, many struggle to sleep well when there are other strangers around. Not being able to communicate with one another makes it even more difficult, as your mind keeps flooding with so many thoughts. On the second night, there was this guy who walked around with his rucksack on, and I began to liken him to a guy with guns and lied down cowered for hours before falling asleep. You don't get a good sleep at least for a few days until you have settled to this new environment.

The food


Vipassana course has strict meal rules. You would get a breakfast at 6.30 in the morning and your lunch at 11. You would then get few fruits and a tea at 5 in the evening, and that is all.The old students are only allowed to have tea in the evening. Breakfast was fine- a variety of breads, cereals and fruits with a selection of preserves and condiments. The lunch was pretty average, lots of variety but far from the spicy blends we Asians are used to with. Whenever something tasty was served, there was a rush amongst the male meditators. And it would finish before everyone came in. At the beginning, the weird sounds of stomachs churning would interrupt your concentration in the meditation hall. I kept struggling to stop salivating thinking about my dinners.You had no choice over your food, the management made a list of menus and the volunteers followed the manuals to bring food that had no consistent taste to your table. However, there were healthy salads, beans and vegetables that forged a nutritious balance. The cost of a meditation camp is paid for by the donations of the old students. (Students donate according to their means and wills at the end of a Vipassana camp). This includes the purchase of grocery. The idea being that the new students live a life of a hermit, eating foods donated by others.

The meditation technique

The class starts with a discourse of S N Goenka in the first evening. He introduces the technique of Ana Pana, where you sit in a comfortable position, close your eyes and try to observe your breathing. You return to your quarters and from the next morning, 10 days of lengthy meditations begin. For the first two days you continue Ana Pana, observing your breath and learning to focus and medtitate in a stable posture. This prepares you for the Vipassana meditation due to begin on the third full day of the course. However, the first two days also make you more agitated as you try to comprehend the technique and experience its effectiveness. The instructions are often repetitive and you start to feel bored. The combination of repetitive instructions, uncomfortable and tiresome sittings, food discipline, sleep deprivation and quietness had made me contemplate leaving the course on the second day.We later found out that two students had left the camp on the third morning.

From the third day, Vipassana meditation starts. By this time, I could get used to with my posture. I could sit on lotus position for hours without moving. And the meditation was about observing the sensations throughout the body. You are instructed to close your eyes and feel the sensations from head and move downwards to the feet and vice versa.
You would feel pleasing sensations, unpleasant sensations and various subtle sensations, but would observe them equanimously and without reacting to any of them. You would not crave for pleasant sensations and you would not have aversion for unpleasant sensations, and keep moving your focus to different parts of the body. In this way, you would understand that all sensations- pleasant, unpleasant and subtle ones were temporary, and you would learn just to observe them and let go without reacting. SN Goenka explains that our body reacts with pleasant or unpleasant sensations to everything we hear or see or feel, and practicing Vipassana would strengthen your resistance to  such sensations, thus making you immune from the cravings and aversions of the material world. When you have no cravings or aversions, you can effortlessly handle the ups and downs of your life. You become the master of your mind and body, you become enlightened. This idea made a lot of sense to me as days passed by.

On the 10th day, you are taught a meditation technique called Metta Bhavna. This is about wishing well of everyone in the world. At the end of your Vipassana sessions, you think of everyone else and wish for their happiness and well being. Your meditation is more fruitful when you end it thinking about the well being of others- every living beings of the world!

The discourses


The discourse videos of late SN Goenka were the highlights of the meditation camp for me. The one-hour long recorded videos were played every evening, beginning from 7 o'clock. In the discourses, he explains about Dhamma- the law of nature and the changing characteristics of everything around us. Taking references from Budhha's life and teachings, giving examples with interesting stories and anecdotes and making subtle and witty remarks about human behaviors, his discourse videos persuade us to realize the fragility of our ephemeral life. "The art of living is to recognize that everything around our life is temporary, and to resist indulging on temporary sensations", he says. "Our mind is being used as a bottomless bucket where we keep filling in our desires. The more we fill in, there's room for more. Each desire turns into a misery and we end up carrying a mountain of miseries on our head." He backs his argument with scientific reasoning too: our body is composed of tiny sub-atomic particles (known as Kalapas in Buddhism) constantly reacting to each other and changing every seconds. As we are morphed into a new composition of matter each seconds, we have a new oneself. Like, when a river flows, the wave of water in front of our eyes moves downstream and a new wave comes along. The river is a wave or a bulk of water constantly flowing- one  after another. We think its the same, but we are witnessing a new river every moment. So is our life. 

We should stop clinging on to a particular time, experience pleasant or painful feelings about them and be miserable by indulging on them. Once we understand and acknowledge the transient nature of everything we come across, we learn how to stop craving and clinging on to material things, and overcome misery. By practicing Vipassana, by deeply observing whats going on within our body, we learn to realize that we are just a lump of millions of sub-atomic particles undergoing chemical reactions, and understand that our body, our pleasures and sufferings are impermanent and there is no reason to be miserable worrying about temporary objects. You may not agree with everything said on all discourses, but those on day 1, 3, 6 and 9 are truly enlightening. They help you understand more about yourself and the world around you, and motivate you to explore the ultimate truth of your being and attain real happiness. SN Goenka is very articulate and engaging, and his ideas are backed with facts and reasonings; his discourses are captivating. I recommend everyone to at least watch these discourses (available in the internet) if you cannot participate as a Vipassana student.

Our mind is so powerful


Science has already explained how wonderful and powerful human mind is. I had read a lot about this before. But, Vipassana has helped me to experience the greatness of human mind-first hand. Although the idea of Vipassana is not to get lost in our thoughts, I couldn't stop it from traveling to the memory lanes during the lengthy solitude. And I was absolutely thrilled to see through each and every events of my past, as everything came up one after another like motion pictures. I saw every individuals I met in my life exactly how they were when I last saw -each of them! I could even remember the poems, stories and mathematical formulae I had long forgotten.  I now know by personal experience that everything we come across at every instants of our life is stored in our mind and they remain there forever. We react to new situations based on previous experiences stored in our mind. 

Thanks to Vipassana, you get to know a lot more about yourself.  What I want to learn now by practicing Vipassana is to observe  new situations without reacting to any of them. Where I can, I want to use the immense power of my mind for the good of  myself, my family and friends, and if possible for the good of all mankind and living beings. I wish that my mind is free of all cravings and aversions, and I experience ultimate happiness. I am convinced that if Vipassana is practiced correctly, happiness will embrace you sooner than later.

And finally

On the morning of the 10th day, the silence is broken and the meditators can speak to each other. I had a weird feeling when I rediscovered my voice, stuttering for a while  before finding my usual tone. Students share their experiences and you will be amazed to find that your fellow medtitators come from all walks of life- doctors, engineers, teachers, accountants, business managers, students and others, very much like the composition of a normal society. The organizers make presentations about their activities. The volunteers explain their experiences with joy and pride. You can make donations if you wish, which is used to organize a new camp that new students can benefit from. Old students are the sole contributors for Vipassana camps worldwide, and everything is done voluntarily. The segregation between men and women ends on the 11th day, when the Vipassana camp formally concludes.

This will not be the last time I have taken the Vipassana course. As an Old student, I will be able to retake the course as a participant or a volunteer. I will try to make myself available for as many opportunities as possible in the future. And I want to continue practicing Vipassana. I know my limitations won't allow me to become a Buddha, the truly enlightened one. I have some responsibilities and desires for my loved ones that I cannot simply let go. However, having learned the art of living, I can practice my way into a happier and lot less miserable life for sure. The little hiccups of sleeplessness, loneliness, boredom and dinner deprivation fade away in a couple of nights as we learn the art of controlling our mind. The words of wisdom, the truth of life and the source of happiness that we get familiar with during the process are more than worth the little troubles we go through. And I will be back to one of these camps again.  Bhavatu Sabba Mangalam .

PS: These are my personal experiences and recollections of the meditation camp and may not be the exact description of the proceedings. Please refer to official publications for formal documents and information.

Dad, I had taken you for granted all along!

It just happened that I came out of my Vipassana meditation course today - on Kushe Aunshi, the Nepalese equivalent of the father's day. Buddha deserted his family in search of truth, leaving his would-be-son, Rahul to the mercy of his mother and the courtiers.

 In the last 10 days, I was taught to observe my breathing and bodily sensations in silence and with eyes closed - without reacting to any of them: be it pleasure or pain. This was Buddha's discovery of a way to train our mind so that, in due time, it would be strong enough to break all the attachments us mere mortals are chained with and set us free, get us enlightened. Now here I am writing full of emotions about an attachment that just got so stronger, in a matter of minutes. What an irony? One of Buddha's teachings is about truth, and perhaps the meditation has just emboldened me to spell out a truth that I myself was unaware of. Or I had been deliberately hiding myself with.

So on Kushe Aunshi, I browse Facebook after 11 full days to find many Nepalese friends posting pictures with their old man or young man. I have my Old man in Nepal. And my young man is in London, only with his mum, for the last 3 months. For those who may not know, I am in America since the middle of June. And I wanted to post a picture of these 3 men- my dad, me and my son together and show off. I skim through my collections and fail to find one. In fact there is not a single picture of my father throughout my 8-years-old Facebook.

We had only been to Nepal less than a year ago. There were many pictures taken, some even with strangers. But it can now be revealed that we didn't bother to have one with our dad. So now, I cannot
have the three of us posted together in my Facebook wall. What a travesty? Was I trying to hide something? Why did not it came up to me that the granddad had to be pictured with his grandson? Yes, I was ignorant- unknowingly. Or may be knowingly?

I am grateful to the almighty that my dad didn't do a Buddha on me. Buddha might have shown the path of enlightenment to many, but it is my father who got me wherever I am today. It was his resolve and perseverance that defied his means to get me into a decent school. And the recurring monsoon floods of the Tinau that he swam across years after years holding me and my friends to get us to and from the school. He just kept pushing on and on till his palms bruised and feet cracked to wheel me out of school and college.

And today when I call him to fulfill a formality- he just asks if I was doing well and if I was keeping happy. No complaints, no expectations. No, I have not sent any gifts or cards to him on a father's day, any father's days. Dad, I had taken you for granted all along. I wish I could be a dad half as you are.Thank you baba. And thank you Buddha!